मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिताको आय–व्याय सार्वजनिक

पोखरा ७, चैत्र/गे«ेटर पोखरा प्रालि द्धारा संचालित पोखरान्यूज डटकम, पोखराले गत पुष ९ र १० गते पोखरामा आयोजना गरेको मैत्रिपुर्ण संस्थागत फुटसल प्रतियोगिता २०७३ को आय–व्याय सार्वजनिक गरेको छ । “पर्यटन, खेलकुद र संचार पोखरा प्रवद्र्धनको मुल आधार” भन्ने मुल नाराका साथ आयोजना भएको उक्त प्रतियोगिताबाट २० हजार बचत भएको प्रालिले सोमबार जारी गरेको प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ ।

दुई दीन चलेको प्रतियोगिताबाट २० हजार ३ सय ३ रुपैया बचत भएको प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । उक्त प्रतियोगिताबाट एक लाख ७५ हजार ३ सय ६ रुपैया आम्दानी भएको संयोजक बरालले बताए । उक्त प्रतियोगिता सम्पन्न गर्न एक लाख ५५ हजार ३ रुपयै खर्च भएको बरालले जनाए । बचत भएको उक्त रकम आगामी बर्ष आयोजना हुने सो प्रतियोगिताको लागि नै खर्चिने भएको संयोजक बरालले बताए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक रारा तयारी चाउचाउ÷करुणा हाईड्रोपावर रहेको प्रालिका अध्यक्ष गणेश बरालले बताए । त्यसै गरी उप–प्रायोजकमा हङकङ व्यूटि ईन्स्टिच्युट, सहयोगि सस्थाः पोखरा लेखनाथ महानगरपालिका, नेपाल पर्यटन वोर्र्ड, मोडन इरा टुर्स एण्ड ट्राभल्स, पृथ्बीराजमार्ग बस संचालक समिति, हवाई खेलकुद संस्था ना, होटल जल मल, ओजन डिस्को, रिजनल हस्पिटल, इको पानी, पोखरा टे«डिङ कन्र्सन, सशस्त्र प्रहरी वलको मुक्तिनाथ बाहिनी मुख्यिालय पोखरा, टप कर्नर फुटसल लगायतका रहेका थिए । कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने प्रति अध्यक्ष बरालले धन्यवाद समेत ज्ञापन गरेका छन ।

कमेन्टहरु
Loading...