लागूऔषध नियन्त्रण गर्न पश्चिम प्रहरीले जिल्लामा नियन्त्रण समिति गठन गर्ने

पोखरा, ७ चैत /पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराले लागु गर्न लागेको “लागूऔषध नियन्त्रण रणनीतिक कार्य योजना २०७३” माथी छलफल गरेको छ । लागूऔषधलाई कसरी नियन्त्रण गर्ने उद्देश्यले योजना ल्याउन लागेको हो ।

सिमावर्ति नाकाहरुवाट पैठारी हुने विभिन्न लागूऔषधलाई नेपाल भित्रनबाट रोकथाम तथा नियन्त्रण गर्ने, दुर्व्यसनीमा फसेका युवायुवतिहरुलाई कुलतबाट छुटाउन पुनस्थापना केन्द्र तथा अभिभावकहरुसंग नजिक पुर्याउने योजनामा रहेको पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनी बताए ।

आइतबार सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि, सरोकार वाला सगँ छलफल भएको थियो ।

लागुऔषध नियन्त्रण संवन्धी कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी समन्वय र सामन्जस्यता कायम गराई कृयाकलापको अनुगमन तथा मूल्याङ्कन गरी कार्यान्वयन स्तरका समस्याको समाधान तथा निराकरण गर्नका लागी जिम्मेवारी वहन गर्न जिल्ला प्रहरी कार्यालय प्रमुखको सल्लाह, सुझाव तथा निर्देशनमा परिचालित हुने गरी जिल्ला लागुऔषध नियन्त्रण समितिको समेत गठन गर्ने उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...