पोखरा महानगरपालिका नयाँ शक्तिमा जित बहादुर गुरुङ

पोखरा, ७ चैत्र /स्थानिय तहको पुर्नसरचना भए लगतै राजनैतिक दलले पनि आफ्ना पार्टी का संरचना सोहि अनुरुप पुर्नगठन गरेका छन । चैत्र ५ गते संयोजक हेम बहादुर थापाको अध्यक्षतामा बसेको नयाँ शक्ति पार्टी नेपाल कास्की जिल्ला विस्तारीत परिषद बैठकले कास्की जिल्लामा भएको स्थानिय तह अनुसार नयाँ शक्ति पार्टी नेपालको पार्टी संरचना गठन गरेको छ ।

स्थानिय निर्वाचन नजिकीदै गर्दा कास्की जिल्लावासीको चर्चामा रहेको पोखरा लेखनाथ महानगरपालीकाको संयोजकमा बिगतमा पोखरा नगर बिकासको अध्यक्ष भएका विकास प्रेमि जितबहादुर तमु मामा सर्वसम्मत रुपमा चुनिएका छन् । पोखरा सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेस मा भएको बिस्तारित बैठकले पोखरा लेखनाथ महानगरपालीकाको सह–संयोजकमा नन्दबहादुर गुरुङ्ग लाइ सर्वसम्मत रुपमा चयन गरेको छ , त्यसैगरि अन्नपुर्ण गाउपालीकामा भरत गुरुङ्ग संयोजक र उत्प्रेरकमा नेत्र चापागाई, माछापुच्छ्रे गाउपालीकामा तोयनाथ लम्साल, मादी गाउपालीकामा जिवनराज सापकोटा र रुपा गाउपालीकामा बिकल पौडेल संयोजक र उत्प्रेरकमा सन्तोष आचार्य लाइ बैठकले सर्वसम्मतरुपमा चनयन गरेको छ ।

बैठकका प्रमुख वक्ता नयाँ शक्ति नेपालकी प्रदेश नं. ४ संयोजक बलावती शर्माले जनताले बिगतमा गरेको अधिकार प्रप्तीको लडाइ जितेको अबस्थामा जनताको घरदैलोमा अधिकार आइपुगेको छ, अब जनताले आफ्नो अधिकार प्राप्त गरी देशलाई आर्थिक समृद्धिको दिसामा अगाडी बढाउन योगदान गनुपर्ने बताउनु भयो, भेलामा पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा कास्की जिल्ला उत्प्रेरक नेपाली सेनाका पुर्व कर्नेल तथा पाइलट मदन के.सी ले हामि नेपालमा बैकल्पीक शक्तिको रुपमा स्थापित भएका छौ हामी स्थानिय तह, जिल्ला, प्रदेश तथा केन्द्रमा रहेका सबै अभियान्ता हरु एक कदम अगाडी बढेर जनतासँग हातेमालो गर्दै आर्थिक बिकासको लागी जनताको घरदैलोमा जाने बताउनुभयो ।

बैठकमा नयाँ शक्ति पार्टी नेपाल केन्द्रिय परिषद् सदस्य देवी सुवेदी, हरिनारायण गिरी, टिकाराम पौडेल, नारायणहरी तिवारी, दुर्गा बहादुर गुरुङ्ग, खड्क बहादुर तमु, युवा नेता सौगात पोख्रेल लगाएतले पार्टी ले नयाँ योजना बनाइ उदाहरणीय कार्य गर्दै जनता सग सहकार्य गनुपर्ने कुरा राखेका थिए । त्यस्तै कास्की जिल्ला मा रहेका निर्वाचन क्षेत्र, नगर, आगीक सगठन तथा परिषद का संयोजकहरुबाट रिपोटीङ्ग राखेका थिए ।

कमेन्टहरु
Loading...