प्रौढ साक्षरता र समुहगत आयआर्जन तालिम सुरु

कृपा भण्डारी
पोखरा, ९ असार/जनकल्याण बहुउद्धेश्यिय सामुदायिक अध्ययन केन्द्र को आयोजनामा लेखनाथको शिशुवामा आजदेखी पाँच दिने प्रौढ साक्षरता र समुहगत आयआर्जन तालिम सुरु भएको छ ।लालुपाते तमु समाज को कार्यालयमा भएको सो तालिममा शिशुवा र भण्डारढिकका विभिन्न ६ समुहका ५४ जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दे जिल्ला शिक्षा कार्यालय कास्कीका उपसचिव रुद्रनारायण सापकोटा ले महिलालाई सिप प्रदान गरि आयमुलक कार्यमा लगाउने यस्ता तालिमले आत्मनिर्भर बनाउन सहयोग पु¥याउने विश्वास ब्यतm गर्नुभयो । तालिममा समुह गठन, निरक्षरता उन्मुलन, सिपमुलक तालिम दिईने आयोजकले जनाएको छ ।

जनकल्याण बहुउद्धेश्यिय सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगनी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ८ का सचिव विष्णु लामिछाने , लालुापते समाजका टेकबहादुर गुरुङ , नेकपा एमाले लेखनाथ मोहन गुरुङ , समाजसेवी क्या.मोहन सिँ गुरुङ, लालुपाते तमु आमा समुह अध्यक्ष आशकुमारी गुरुङ , लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...