प्लेनमै कुटपिट साथी कलाकारलाई कुटेको पछि कपिलले दिए यस्तो प्रतिक्रिया

एजेन्सी, मुम्बई, ६ चैत /भारतीय चर्चित हास्य कार्यक्रम प्रस्तोता कपिल शर्मा आफ्नी लामो समयदेखि प्रेमिका सार्वजनिक गरेर जति चर्चामा आए मुम्बई फर्कने क्रममा साथी कलाकार सुनिल ग्रोभर उर्फ डा मशहुर गुलाटीुलाई मादकपदार्थले मातिएर प्लेनमै कुटपिट गरेको समाचारले उनी झन बढि चर्चामा आए।

घटनाका बारेमा सुनिलले आफ्नो प्रतिक्रिया नदिएको भए पनि कपिलले भने त्यसको बारेमा जवाफ दिएका छन् त्यो पनि आफ्नै शैलीमा। उनले एक भारतीय मनोरञ्जन साइट, बलिउड लाइफलाई यस्तो प्रतिक्रिया दिएका छन्।

मलाई थाहा छैन्। खासमा हाम्रो प्रत्येक उडानमा लडाईं हुने गर्छ… हरेक ठाँउमा हुने गर्छ ….यो स्वस्थ्य लडाईं हो….हामी कामका लागि लडाईं… गर्छौ। कपिलले यस्तो ठट्यौली प्रतिक्रिया जनाए पनि भारतीय संचार माध्यमले कपिलको हर्कत रोक्न प्लेन कर्माचारीले हस्तक्षेप नै गर्नुपरेको थियो। धेरैले कपिलको यस्तो हर्कतलाई बढ्दो लोकप्रियताको मातको रूपमा पनि व्याख्या गरेका छन्।

कमेन्टहरु
Loading...