काठमाडौ, ६ चैत /सवारी लाइसेन्समा वर्ग थप गर्न लिखित परीक्षा दिनु नपर्ने व्यवस्था भएको छ । एकपटक लाइसेन्सको लिखित परीक्षा पास गरेकाहरुले अर्को सवारी चलाउने अनुमति लिन लिखित परीक्षा नलिने व्यवस्था गरेको छ ।
अहिलेसम्म कायम रहेको व्यवस्था अब्यवहारिक र चालक मैत्री नभएको भन्दै यातायात ब्यवस्था विभागले नयाँ ब्यवस्था गरेको हो ।
अब एकपटक लाइसेन्समा लिखित परीक्षा पास भएकाहरुले अर्को सवारी चलाउने अनुमति लिन सीधै ट्रायलको फारम भर्न सक्नेछन् । अहिलेसम्म लाइसेन्समा बर्ग थप्न पनि दोहोर्याएर लिखित परीक्षा दिनुपर्ने बाध्यता छ ।
नयाँ ब्यवस्थाले चालकहरुलाई सजिलो हुने र कार्यालय ब्यवस्थापनमा पनि सहज हुने विभागको भनाई छ ।