पोखरामा जारी हस्तकला तथा नेपाली जुत्ता मेला शनिवार सकिदै

पोखरा, ५ चैत /पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी हस्तकला तथा नेपाली जुत्ता व्यापार मेलामा २० औँ दिनसम्म आइपुग्दा करिब १ करोड १४ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मेला कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि काठमाडौंको संयुक्त आयोजनामा गत फागुन १५ गतेदेखि सुरु भएको थियो । मेलाको २० औँ दिन शुक्रबारसम्म १ लाख ५६ हजार दर्शकले मेलाको अबलोकन गरेकोे मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो ।

मेलाको २० औँ दिन शुक्रबारमात्र ११ हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । मेला भव्य रुपमा चलेको र पोखरेलीहरुबाट मिलेको आत्मियताले गर्दा मेलाको अवधी थप गरेर चैत्र ५ गते सम्म पु¥याइएको उक्त मेला शनिबार सकिँदै छ ।

मेलाको अन्त्य अन्त्यमा आइपुग्दा मेला हेर्ने र हस्तलकला तथा जुत्ता खरिद गर्नेको सहभागिता उल्लेखनिय मात्रमा बढेको मेला संयोजक भट्टराईले बताउनुभएको छ ।  उद्यमशीलतालाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको मेलाको शनिबार समापन हुने नेपाली जुत्ता घर प्रालि काठमाडौंका सञ्चालक होमनाथ उपाध्यायले बताउनुभयो ।

कमेन्टहरु
Loading...