मंसिरमा संविधानसभाको चुनाव हुने सम्भावना न्यूनः संविधानविद्

भानु पराजुली
पोखरा ९ गते/संविधानविद् डा. भिर्माजुन आचार्यले मंसिरमा नयाँ संविधानसभाको चुनाव हुने सम्भावना न्यून रहेको बताउनुभएको छ । संवाद नेपालले विहान पोखरामा गरेको वुद्धिजिवीहरुसंगको अन्र्तक्रियामा आचार्यले, नेपालमा लोकतन्त्र सिध्याउने खेल भईरहेको समेत दावी गर्नुभयो । संविधानविद् आचार्यले, प्रधानन्यायधिस खिलराज रेग्मीलाई जुन प्रयोजन र स्वार्थका लागि प्रधानमन्त्री वनाईएको थियो, त्यो समूहले अहिले आफ्नो स्वार्थ पूरा नहुने भएपछि, मंसिरमा पनि चुनाव नगर्ने रणनीतिमा लागेको खुलासा गर्नुभयो । चुनावमा अप्रजातान्त्रिक शक्तिलाई जिताउने चलखेल वढेकोतर्फ संकेत गर्दै, आचार्यले नेपालको स्वाधिनता समाप्त पार्ने दुष्हास समेत राजनीतिक विचौलियाहरुले गरेको जिकीर गर्नुभयो । अहिलेसम्मकै सवैभन्दा कमजोर प्रधानन्यायधिस खिलराज रेग्मी भएको वताउँदै आचार्यले भन्नुभयो,–यो सरकारले कुनैपनि सरकारवादी मुद्धाको किनारा लगाएको छैन् । संसारमा कुनैपनि संविधानसभाले लोकतन्त्र वलियो नभएको र संघियताले देशलाई टुक्राउने काम मात्रै गरेको संविधानविद् डा.भिार्माजुन आचार्यको भनाई छ ।

अर्का संविधानविद् डा. विपिन अधिकारीले पनि मुल संविधानलाई पाखा लगाईएकाले अहिलेको संक्रमणकाल आएको बताउनुभयो । उहाँले, चुनावलाई कुनैपनि स्वार्थ समूहले आफ्नो हार वा जीतका रुपमा लिएकाले आउने संविधानसभाको चुनाव अझै अनिश्चित रहेको दावी गर्नुभयो । देश अझै भयावह स्थितीमा जान सक्ने आकलन गर्दै, संविधानविद् अधिकारीले नेपालमा विगतमा पनि संविधान वन्न नदिईएकाले अव पनि संवधानसभावाट संविधान वन्ने कुनै ग्यारेन्टी नभएको बताउनुभयो । पहाडमा निर्वाचन क्षेत्र घटाउने र नागरिकता वितरणका मुद्धालाई सहज रुपमा लिन नहुने पनि अधिकारीको भनाई रहेको थियो ।

संवाद नेपालका अध्यक्ष निलकण्ठ शर्मा, प्राध्यापक डा. ओम शर्मा, डा. कुशुमाकर न्यौपाने, डा. लक्ष्मीशरण अधिकारी, विश्व सिग्देल, नेपाली कांग्रेसका नेता सोभियतवहादुर अधिकारी लगायतले आफ्ना जिज्ञासाहरु संविधानविद् आचार्य र अधिकारीमाझ राख्नुभएको थियो ।

 

कमेन्टहरु
Loading...