पुरुष भलिबल प्रतियोगिताको फाईनल खेल शनिबार

पोखरा, ४ चैत्र/बिहीबारदेखि पोखरा–५मा रहेको मालेपाटन चौरमा शुरु भएको प्रथम अभियान पुरुष भलिबल प्रतियोगितको सेमीफाईनल र फाईनल खेल शनिबार हुने भएको छ । शुक्रबार भएको पहिलो खेलमा पोखरा क्लबले मालेपाटन जागृति क्लबलाई २५–१६, २५–१७ को सोझो सेटमा पराजित ग¥यो ।

त्यस्तै दोस्रो खेलमा पुनहिल क्लव घोरेपानी र मालेपाटन युनाईटेडबिचको खेलमा २२–२५, २५–२० र २५–२२ का अंकले पुनहिल क्लब घोरेपानी विजयी भएको थियो भने तेश्रो खेलमा नेपाल प्रहरीलाई १६–२५, २५–२१, २०–२५को अंकले पोखरा बहुमुखि क्याम्पस सेमीफाईनलको यात्रालाई पक्का गरेको हो ।

 

चौथो खेलमा बाराही माविले २१–२५, २५–१४ र २५–१७ अंकका साथ कालाबाङ क्लबलाई पराजित गरेको छ भने शुक्रबारको अन्तिम खेलमा पुनहिल क्लब घोरेपानीले २५–१८ र २५–२०का साथ सशस्त्र प्रहरी बल कालिका गणलाई सोझो सेटमा पराजित गरेको हो ।शनिबार हुने सेमीफाईनलको पहिलो खेल पोखरा बहुमुखि क्याम्पस र पोखरा क्लबबिच हुनेछ भने दोश्रो खेल बाराहि मावि र पुनहिल क्लब घोरेपानी बिच हुनेछ ।

बिहान ८ बजे हुने सेमीफाईनल खेलका विजेता टीमको फाईनल दिउसो १ बजे खेलाईने आयोजकले बताएको छ ।अभियान युवा क्लबको आयोजना, जिल्ला भलिबल संघ कास्कीको समन्वय, पोखरा लेखनाथ महानगरपालिकाको विशेष सहयोग तथा मेट्रोसिटी हस्पिटलको मुख्य प्रायोजकमा उक्त प्रतियोगिता भईरहेको हो । ११ टीमको सहभागिता रहेको प्रतियोगिताको प्रथम पुरस्कार राशी ५० हजार ५ सय पचपन्न र द्धितीय पुरस्कारको राशी ३० हजार ५ सय पचपन्न रहेको छ ।

 

कमेन्टहरु
Loading...