पचभैयामा वन डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामुलक कार्यक्रम

 पोखरा ०३ चैत्र /वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी सप्ताहब्यापी कार्यक्रम अन्तर्गत बिहीबार पोखरालेखनाथ ३१ को पचभैयामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला वन कार्यालय कास्कीको आयोजनामा सम्पन्न कार्यक्रममा पचभैया स्थित अमरसिद्ध माबिको प्राङगणबाट सचेतनामुलक ¥याली सहित बेगनासताल बसपार्कमा पुगी कोण सभामा परिणत भएको थियो ।
विद्यार्थी, विभिन्न बन उपभोक्ता समितीका पदाधिकारीहरु, विभिन्न सामाजिक अभियनता, स्थानिय क्लवका पदाधिकारीहरु सहितको ¥यालीलाई सम्बोधन गर्दै जिल्ला बन कार्यालय कास्कीका प्रमुख जिल्ला बन अधिकृत केदार बरालले बनजंगललाई डढेलो लाग्नबाट बचाउन हामी सवैले आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने वताए । बनजंगलमा लाग्ने डढेलोले बनलाई नष्ट गर्दै त्यसबाट निस्कने कार्वन ग्यासले आम जनमानसमा समेत असर गर्ने भएकाले डढेलो लाग्नबाट बचाउनुपर्ने र डढेलो लागेको खण्डमा तत्काल नियन्त्रण गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै अमरसिद्ध माध्यामिक विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष दामोदर भक्त थापाले वनजंगल जोगाउनु हामी सवैको कर्तब्य रहेकाले यसको संरक्षणमा ध्यान दिदै डढेलो लाग्नबाट जोगाउनुपर्नेमा जोड दिए । पोखरा चिडियाखाना निर्माण समितीका अध्यक्ष तथा युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले हरियो बन नेपालको धनमात्र नभइ विश्वकै धन भएको वताए । वन हरित फोक्सो भएको वताउदै विश्व बजारमा तीन खरब तीस अरब युएस डलरको कारोवार हुने वनजन्य पदार्थको ब्यापारमा नेपालको वनको पनि केही भुमिका रहने भएकाले त्यसको लागी बनलाई डढेलोबाट जोगाउनुपर्नेमा जोड दिए । डढेलो लाग्नबाट वचाएको खण्डमा बनमा बसोवास गर्ने बन्यजन्तुको समेत संरक्षण हुने उनको भनाइ रहेको थियो ।
युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङले नेपालको बनलाई जोगाउन सकेको खण्डमा प्राकृतिक चिजहरुको संरक्षण हुने र त्यसबाट मानिसले मनग्य फाइदा लिन सक्ने वताउदै आफ्नो क्लव सधै वनको संरक्षण गर्नमा अग्रसर रहेको वताए । पौरखी सामुदायिक बन उपभोक्ता समितीका अध्यक्ष प्रकाश सापकोटाले बन डढेलो जोगाउने सम्वन्धी सचेतनामुलक कार्यक्रमले आफुहरुलाई वनमा डढेलो लाग्न नदिनका लागी र लागेको खण्डमा कसरी नियन्त्रण गर्ने भन्नेमा थप उर्जा थपेको वताए ।
सचेतनामुलक कार्यक्रममा जिल्ला वन कार्यालय कास्कीका कर्मचारी, अमरसिद्ध माबिका विद्यार्थी, युनाइटेड क्लव पोखराका पदाधिकारी, पोखरा चिडियाखाना निर्माण समितीका पदाधिकारी, चैनपुर, चायापानी चिसाकुना, पचभैया र पौरखी  सामुदायिक बन उपभोक्ता समितीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा जापान सरकारबाट प्राप्त डढेलो नियन्त्रण सामाग्री पचभैया बन उपभोक्ता समितीका अध्यक्ष मोहन घिमिरेलाई जिल्ला बन अधिकृत केदार बरालले हस्तान्तरण गरेका थिए । चेत्र १ देखि ७ गते सम्म जिल्ला बन कार्यालयले वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धी सप्ताहब्यापी जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ ।
कमेन्टहरु
Loading...