कास्कीको भलाममा सार्वजनिक सुनुवाइ

पोखरा । ९ असार/स्थानिय शासन तथा उत्तरदायि सयन्त्रको सयोग तथा सीप हस्तान्तरण द्धारा सशक्तिकरण नेष्टको सहजिकरणमा भलाम गाविसको आयोजनामा भएको सार्वजनिक सुनुवाईमा नागरिकले गाविसको सार्वजनिक जग्गा ब्यक्तिले हडपेको गुनासो गरेका छन् । भलाम मौजा मोटर बाटो निर्माण र खानेपानीको पाइपलाइनको कारणले एक घर जोखीममा परेको भन्दै स्थानिय समाज सेवीहरुले गाविस राजनैतिक दलको तर्फबाट पिडित परिवारलाई सुरक्षीत स्थानमा स्थानत्रण गर्नु पर्ने माग गरे ।

स्थानिय नागरिक लाई पर्ने असरको बेवास्था गरेको कारण अहिलेको समस्या आएको स्थानियको गुनासो रहेको छ । उपभोक्ता समितिले विकास निर्माण गर्दा त्यसले पार्ने प्रभावको अध्ययन गरेर योजना अगाडी बडाउनु पर्ने बताए । राजनैतिक दल स्थानिय नागरिक, गाविस सचिवले लगायतले १३ बुंदे प्रतिबद्धत्तामा हस्ताक्षर गरेका छन् । गाविसले एक हप्ता भित्र गाविसमा सुझाब पेटीका राख्ने , गाविसको सार्वजनिक जग्गाको बास्तबीक क्षेत्रफल हेर्ने र मिचिएका जग्गाहरु गाविसको मातहतमा ल्याउनेमा सवैले प्रतिबद्धत्ता जनाएका छन् ।

कार्यक्रममा गाविस सचिव टिकाराम आचार्य, एमाओबादीका भलाम अध्यक्ष सुर्य प्रसाद अधिकारी, नेपाली काग्रेसका भलाम सभापति सुर्य बहादुर थापा, नेकपा एमालेका भलाम अध्यक्ष सुर्यविलास पौडेल, राप्रपाका भलाम अध्यक्ष रमन बहादुर बस्नेत लगायतले नागरिकहरुले उठाएको सवालहरुका जवाफ दिएका थिए ।

 

कमेन्टहरु
Loading...