स्याङजामा ७० वर्षका दुर्गाबहादुर माध्यमिक शिक्षा परिक्षा (एसईई) दिदै

सागर राज तिमिल्सिना
पोखरा, ३ चैत /माध्यमिक शिक्षा परिक्षा सुरु (एसईई) को परिक्षा दिने विद्यार्थीको उमेर कति होला ? १६, १७ वा १८ वर्ष ? तर, स्याङजाको फेदीखोला १ खड्केटारीको एक विद्यायलमा ७० वर्षिय एक वृद्धा एसईईको परिक्षा दिएका छन् । खडेकेटारीमा रहेको कालाभैरव माविको कक्षा १० अध्ययन गरेका दुर्गाबहादुर विकले फेदीखोला स्याङजाको सिद्धार्थ माविबाट परिक्षा दिएका हुन् ।

स्याङजाको फेदीखोला ३ देउराली घर भएका विक कक्षा ६ बाट सो विद्यालयमा पढ्दै आएका थिए । पढ्ने रहरलाई उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण बनेका छन् उनी । उलने परिक्षा दिए पछि पहिलेका परिक्षा भन्दा सजिलो लागेको बताए । उनले भने आफ्नै मात्रै विद्यालयका विद्यार्थी थिएनन्, अन्य साथी सगँ पनि भेट हुदा रमाइलो लाग्यो ।

‘सानो उमेर छदा परिवारको आर्थिक स्थिती कम्जोर थियो,’ विकले भने, ‘त्यसै कारण पढ्ने इच्छा पुरा हुन सकेन ।’ ६ जना सन्तानका बाबु तथा ८ जनाका हजुरबा बनि सेकका विकले भने वुद्धि पनि पस्यो घन्टि पनि बस्यो भने जस्तै भएको बताए । उनले दलित र पिछडिएका समुदायलाई पनि पे्ररणा दिन पढ्न थालेको बताए ।

‘बुढेसकालमा नातिनातिना उमेरकासँग कसरी पढ्न जानु भनेर सुरुमा लाज लाग्यो’, उनले पढ्न जाने बेलाको वेलिविस्तार लगाउँदै भने–‘जसरी पनि अक्षर नचिनी भएकै छैन भन्ने सोचेर लुरुलुरु स्कुल जान थालेँ ।’

बिहीबार देखि सुरु भएको परीक्षामा देशभरबाट दुई लाख ५९ हजार सात सय ३२ छात्र र दुई लाख ७८ हजार चार सय ५० छात्रा गरी कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी छन् ।

स्याङजामा ७० वर्षका दुर्गाबहादुर माध्यमिक शिक्षा परिक्षा एसईई दिदै । तस्बिरः शशि पौडेल

कमेन्टहरु
Loading...