पाँचौ कानाजावा कप कराँतेको उपाधि कास्कीलाई

पोखरा, ९ असार/सोतोकान कराँते कास्कीद्धारा पोखरामा आयोजित पाँचौ कानाजावा कप कराँते प्रतियोगिता २०१३ मा ५ स्वर्णसहित कास्की प्रथम, ४ स्वर्ण सहित तनहुँ दोश्रो र ३ स्वर्ण सहित नवलपरासी तेस्रो भएको छ । प्रतियोगितामा पुरुष ३५ केजी तौल समुहमा अविनास लामा, ४५ केजीमा सविन सुवेदी, महिला तर्फ ४५ केजी तर्फ रञ्जना चितौरे, ५० केजीमा रुविस्का तामाङ, महिला कातामा अस्मिता वरालले स्वर्णपदक जित्दै कास्कीलाई उपाधि दिलाएका हुन ।

यसैगरी दोश्रो भएको तनहुँका लागि पुरुष २५ केजीमा विशाल विक, ३० केजीमा आशिष काराखेती, खुल्लामा सुरेश गुरुङ, पुरुष कातामा पनि सुरेश गुरुङले नै स्वर्ण पदक जितेका हुन । यसरी नै पुरुष ४० केजी तौलमा सुरेश कुमार मगर, ५० केजीमा राज तिमिल्सिना र महिला तर्फ ३० केजीमा सुरक्षा तामाङ प्रथम हुदै नवलपरासीलाई तेश्रो बनाएका हुन ।

प्रतियोगितामा पुरुष २५ केजीमा कास्कीका रञ्जन चितौरे, ३० केजीमा कास्की कै सचिन गुरुङ, ३५ केजीमा तनहुँका अशोक श्रेष्ठ, ४० केजीमा कास्कीका राजबहादुर लुगेली, ४५ केजीमा कास्कीका विवेक श्रेष्ठ, ५० केजीमा काठमाण्डौंका अब्दुल कुमार अन्सारी, खुल्लामा कास्कीका एकबहादुर विक दोश्रो भए । यसै गरी महिला ३० केजीमा नवलपरासीका पुर्णिमा गुरुङ, ४५ केजीमा कास्कीका अल्पीना गुरुङ, ५० केजीमा कास्कीकै पुजा तामाङ रजत पदक जिते ।

पुरुष कातामा कास्कीका एकबहादुर विक र महिलातर्फ कास्कीकै ज्योति कुमाल द्धितिय स्थान हासिल गरे । सोतोकान कराँते कास्कीका सचिव सुर्य बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य दिलिप विक्रम शाही, प्रमुख प्रशिक्षक निवास गोपाल बैद्य, केन्द्रिय महासचिव दिलेन्द्र गोपाल बैद्य, सविच ओमनारायण श्रेष्ठ, जिवी राना, प्रज्वल महर्जन लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...