लोकमानसिंहको मुद्दा हेर्न फेरि नमिल्ने बेञ्चमा

९ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्त विरुद्ध परेको रीटलाई सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ न्यायाधीशको इजलासमा पेशी तोकेको छ । अदालतले जानी जानी हेर्न नमिल्ने बेञ्चमा पेशी तोकेपछि मुद्दाको सुनुवाइ आइतबार तेस्रोपटक स्थगित भएको छ ।

कार्कीविरुद्धको मुद्दा सर्वोच्चले आइतबार भरतबहादुर कार्कीको बेञ्चमा पारेको छ । जवकि यसअघि पनि दुईपटक अदालतले कार्कीकै बेञ्चमा पारेको थियो । लोकमानको मुद्दा जटिल संवैधानिक प्रश्न भएकाले अस्थायी न्यायाधीशले हेर्न नमिल्ने जिकिर निवेदकहरुले गर्दै आएका छन् । लोकमानको मुद्दामा निवेदकका तर्फबाट बरिष्ठ अघिवक्ता शम्भु थापासमेत बहसकर्ता रहेको र न्ययाधीश कार्की र अधिवक्ता थापा साथीसरह भएकाले मुद्दा हेर्न नमिल्ने  निवेदन ओमप्रकाश अर्यालको तर्क छ । अदालतले आइतबार लोकमानको मुद्दा हेर्न तेस्रोपटक हेर्न नमिल्ने  सूचिमा राखेर पटक-पटक मजाक गरेको छ ।

– See more at: http://www.onlinekhabar.com/2013/06/85321/#sthash.dQRP8efk.dpuf

कमेन्टहरु
Loading...