सडक मै ढलेका युवकको मृत्यु

पोखरा, १ चैत /पोखरा १० बुद्धचोक स्थितको सडकको साइडको फोहोर फाल्ने ठाउँ नसिकै ढलेका एक जनाको मृत्यु भएको छ ।

मंगलबार करिब १ बजे तिर करिब ३० वर्षका युवक एकासी ढलेको केही बेरमा मृत्यु भएको छ । नाम थर, ठेगाना नखुलेका उक्त व्यक्ति ढले पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पश्चिमाञ्चल अस्पतालमा लगेकोमा अस्तालमा पुग्दा मृत्यु भई सकेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले नाम, थर, ठेगना नखुलेका कारण कसैको आफन्त भएमा प्रहरीमा सम्र्पक गर्न अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...