करापुमा स्वास्थ्य शिविर, ३५० जना लाभान्वित

पोखरा, १ चैत / लमजुङको करापुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । करापु स्वास्थ्य चौकी पसिरमा आयोजित शिविरमा ३ सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउन, लायन्स क्लब अफ पोखरा मेट्रोसिटी र क्रियटिभ युवा क्लब करापुको व्यवस्थापनमा शिविर भएको हो ।

कास्की सेवा हस्पिटलको प्राविधिक सहयोगमा आयोजित शिविरमा ६५ जनाको भिडियो एक्सरे, ७५ जनाको इसिजी, ५० जनाको ल्याब टेष्ट गरिएको कार्यक्रम संयोजक बुद्धिप्रसाद भण्डारीले जानकारी दिए । बिकट क्षेत्रमा आएर स्वास्थ्य शिविर आयोजना गरेर क्लबले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको पोखरा उद्योग वाणिज्य संघका महासचिव तथा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका सल्लाहकार दामु अधिकारीले बताए ।

मिड टाउनका अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा आयोजित शिविरमा जोन चियरपर्सन प्रशान्त धमला, मिड टाउनका संस्थापक अध्यक्ष कृष्णराज पोखरेल, मेट्रोसिटीका अध्यक्ष आनन्द पौडेल, मिड टाउनका तृतीय उपाध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’, कास्की सेवा हस्पिटलका सञ्चालक चैतन्य अधिकारी, क्रियटिभ युवा क्लबका अध्यक्ष चन्द्र गुरुङ लगायतले बोलेका थिए ।

डाक्टरहरु नबिन कुमार श्रेष्ठ, सुरेन्द्र आचार्य, मधु तिमिल्सिना, भोजराज शर्मा, प्रतिक्षा आले, आनन्द भट्टराईले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । सम्पूर्ण बिरामीलाई निःशुल्क औषधी वितरण गरिएको मिड टाउनका कोषाध्यक्ष सुनादेवी मल्लले जानकारी दिइन् । ‘बिकट ठाउँमा पुगेर सामाजिक काम गर्ने लक्ष्यसहित करापुमा शिविर आयोजना गरिएको हो,’ उनले भनिन् ।

कमेन्टहरु
Loading...