एक युवाले देखेको नेपालको राजनीति

किशोर सुबेदी
देश सानो होस् या ठुलो देश विकासका लागि सबैभन्दा महत्वपूर्ण भुमिका राजनीतिले नै खेल्छ। राजनीति देश विकासका लागि एउटा शक्ति केन्द्र हो। तर राजनीति भन्ने शब्द नेपालमा प्रवेश गर्दा यसको अर्थ र महत्व दुबैको भुमिका अलग हुन्छ।

राजनीति नेपालमा देश सेवा भन्दा पनि बिना लगानीको कमाई खाने भाडो र सत्ताको तिर्खा मेटाउने धारो बनेको छ।
२००७ साल देखि ७३ साल सम्म नेपालमा सानो ठुलो गरि धेरै परिवर्तन आए। जनतामा मरेका आशा पनि बेला बेलामा पलाउने गरे। तर जनतालाई सधै हात लाग्यो शुन्य। अमेरिकामा हाराहारी ४५ नागरिक मात्र राजनीतिमा सक्रिय छन् तर अमेरिका विश्व राजनीति होस् या विकास उ सधै अगाडि नै छ।

हिजो राणा, पन्चायत र लोकतन्त्रका लागि लडेका नेता, आज सत्ता र भत्तामा रमाएको देख्दा मलार्इ सबैभन्दा बढी भबिस्यले सताइदिन्छ। देशका लागि मरे मर्छु भनेर लडेका नेता बिग्रेको देख्दा भबिस्यमा राजनीति गर्ने युवा के उद्देश्य लिएर राजनीतिमा प्रवेश गर्लान् ? उनीहरुको उद्देश्य के राष्ट्र सेवा नै होला ? यो पक्कै चुनौतीको बिषय हुनेछ। यसो भनी रहदा सबै खराब हुन भन्ने प्रश्न पनि उठ्ला। नेपालीमा भनाइ छ मुर्खहरुको हुलमा सज्जन पनि मूर्ख बन्नै पर्छ। देशको लागि केही गर्छु भन्नेहरु पनि छन् तर जमात हात्तीका दात भएकाहरुको नै धेरै छ।

राजनीति भाषा, धर्म, जात, संस्कृति, भूगोल जस्ता बिषयमा गरिनु हुदैन।यदि राजनीति भाषा, धर्म, जात, संस्कृति, भूगोल जस्ता बिषयमा गरियो भनी यसले देशको कहिले भलो गर्दैन।तर नेपालमा जे गर्नु हुदैन सबैभन्दा पहिले त्यही हुन्छ।यस्ता विषयमा राजनीति गरियो भनी देश एक न एक पटक ठुलो दुर्घटनामा पर्छ । यी विषयले जनतामा एउटा भाषाले अर्को भाषी संग,एउटा धर्म मानेकाले अर्को धर्म मान्नी संग, एउटा जातले अर्को संग, एउटा भागको मान्छे अर्को भागको मान्छे संग कहि न कहि मुडभेट सृजना गर्छ । सायद यसैको परिणाम पनि थियो मधेस आन्दोलन।

नेपालको राजनीति पनि बागमती भन्दा कम छैन। नेपाली राजनीतिमा पनि सरसफाइको ठूलो अभियान चलाउनु जरुरी छ।यसको लागि सबैभन्दा ठूलो भुमिका र जिम्मेवार भएर जनता नै लाग्नु पर्छ। देशमा राजनीतिक शुद्धीकरण गर्ने भनेको एउटै उपाय हो चुनाव। तर चुनावका समय जनता व्यक्तिगत स्वार्थ, लोभमा बिके भनी त्यस्ता बिक्री भएका मान्छेले चुनेका प्रतिनिधि कस्ता होला सोच्नै पर्ने बिषय हुनेछ ।ञम भन्दा पहिले मेरो देश झभन्ने भावना हामीमा हुनु जरुरी छ। देशको इज्जत हाम्रो हो, नेपालको इज्जत रहे मात्र नेपालीको इज्जत हुने हो।
जय नेपाल !

कमेन्टहरु
Loading...