लायन्स क्लब अफ पोखरा मिड टाउनमा अधिकारी

पोखरा, ३० फागुन /लायन्स क्लब अफ पोखरा मिड टाउनको लायन वर्ष २०१७÷१८ को अध्यक्षमा ठाकुरप्रसाद अधिकारी निर्वाचित भएका छन् । क्लबको आइतबार सम्पन्न अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । क्लबको प्रथम उपाध्यक्षमा देवी तिमिल्सिना, द्वितीय उपाध्यक्षमा रुक्मागत भण्डारी ‘विश्वास’ र तृतीय उपाध्यक्षमा सुरेन्द्र पौडेल निर्वाचित भएका छन् ।क्लबको सचिवमा रविराज भुत्र्याल, कोषाध्यक्षमा विजय पाठक, सहसचिवमा दधीराम दाहाल, सहकोषाध्यक्षमा बुद्धिप्रसाद भण्डारी निर्वाचित भए ।

टेमरमा मनोज केसी, मेम्बरसिप चियरपर्सनमा श्रीकान्त चापागाईं, टेइल टुइस्टरमा हरिबहादुर थापा, पि.आर.ओ.मा महेश्वर दवाडी, रिपोर्टिङ अफिसरमा विकास भुर्तेल, एलसिआइएफ अफिसरमा सुनादेवी मल्ल निर्वाचित भएको निर्वाचत अधिकृत तथा क्लबका संस्थापक अध्यक्ष कृष्णराज पोखरेलले जानकारी दिए ।डाइरेक्टरहरुमा त्रिलोचन गौतम, पोषबहादुर भुजेल, रत्नबहादुर भुजेल, यमबहादुर जिसी, रामजी केसी र होमप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले सामाजिक काममा क्लबले गर्ने हरेक गतिविधिलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।उक्त अवसरमा बोल्दै प्रमुख अतिथि रिजन चियरपर्सन चण्डिप्रसाद अर्यालले स्थापनाको छोटो समयमा मिड टाउनले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्न सफल भएको बताए । लायन वर्ष २०१६÷१७ का अध्यक्ष विष्णुप्रसाद बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कमेन्टहरु
Loading...