टायर रिसोलिङ एसोसिएसनमा बस्ताकोटी

पोखरा, ३० फागुन /गण्डकी धौलागिरी टायर रिसोलिङ एसोसिएसनको अध्यक्षमा बामदेव बस्ताकोटी निर्वाचित हुनुभएको छ । सोमबार सम्पन्न व्यवसायीहरुको भेलाले एसोसिएसनको नयाँ कार्यसमिति चयन गरेको हो ।एसोसिएसनको उपाध्यक्षमा मोहनबाबु खड्का, महासचिवमा अर्जुन केसी, उपमहासचिवमा चन्द्रेश्वर बस्ताकोटी, कोषाध्यक्षमा झम्कनाथ देबकोटा निर्वाचित भएका छन् ।

सदस्यहरुमा केदारमान श्रेष्ठ, खेमराज लामिछाने, प्रभात खैँजू, टीकाराम तिवारी, देविरमण पौडेल निर्वाचित भएका छन् । एसोसिएसनको सल्लाहकारमा दामु अधिकारी, सुदिपमोहन भट्टराई, हिमलाल बस्ताकोटी, परमेश्वर बस्ताकोटीलाई चयन गरिएको महासचिव अर्जुन केसीले जानकारी दिए ।

यस अगाडिका अध्यक्ष रामेश्वर पोखरेलको सभापतित्वमा कार्यक्रम भएको हो ।व्यवसायीहरु एक आपसमा मिलेर व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्यसहित एसोसिएसन गठन गरिएको अध्यक्ष बस्ताकोटीले जानकारी दिए ।

 

कमेन्टहरु
Loading...