समावेशी टोलमा बराल

पोखरा, ९ असार/पोखराको चाउथेमा शनिबार भएको एक भेलाले माधव बरालको अध्यक्षमा १३ सदस्यीय समावेशी टोल विकास संस्थाको तदर्थ समिति गठन गरेको छ । संस्थाको उपाध्यक्षमा विमला पाण्डे, सचिवमा नविनकिरण भुषाल, सहसचिवमा कृष्ण सुवेदी र कोषाध्यक्षमा राममणि दाहाल रहनु भएको छ ।

सदस्यमा रामप्रसाद पाण्डे, बुलकुमारी श्रेष्ठ, भिमाकुमारी महतो, नवराज पाण्डे, सुर्य सुनुवार, तिला लम्डारी, अनिता गिरी र गणेश सुवेदी रहनुभएको छ ।भेलाले संस्थाको सल्लाहाकारमा लोकप्रसाद बञ्जरा, भेषराज शर्मा, सितादेवी गिरी, घनश्याम पाण्डे, माया सुनार रहनु भएको छ ।

पोखरा उपमहानगर पालिका र लुमन्ति संस्थाद्धारा संचालित क्लिफ परियोजना अन्र्तगत चाउथेस्थित समावेशी टोलमा ७५ वटा घर निर्माण कार्य धमाधम भइरहेको छ ।

कमेन्टहरु
Loading...