लेकसाईडको होटलमा पर्यटक मृत भेटिए पछि

पोखरा, ३० फागुन /पोखराको लेकसाईड स्थित एक होटलमा पर्यटक मृत भेटिएका छन् । होटलमा इजरायली नागरिक मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

तीन दिन देखि होटलको कोठाबाट वाहिर ननिस्किएपछि आईतवार खोलेर हेर्दा इजरायली नागरिक २० बर्षीय क्रोपर मृत भेटिएको प्रहरीको भनाई छ । उनी तीन महिनादेखि निरन्तर सोहि होटलको कोठा नम्बर ३०१ मा बस्दै आएका थिए ।

तीन दिन बित्दापनि कोठाबाट वाहिर ननिस्किएपछि शंका लागेर होटल व्यवसायीले पर्यटन प्रहरीलाई बोलाएका थिए । मृत्युको कारण भने खुलेको छैन । उनको शब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...