पोखराको छोरेपाटनमा बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु

पोखरा २९ फागुन /पोखराको छोरेपाटनमा बसले ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको छ । पोखरा १७ छोरेपाटन स्थित डेभिडफल्स नजिकै बाटो काट्ने क्रममा ग १ ख ६९११ नम्बरको बसले ठक्कर दिदा स्थानिय भरत गुरुङको मृत्यु भएको हो ।

विरौटाबाट छोरेपाटन तर्फ जादै बसले साँझ बाटो काट्ने क्रममा गुरुङलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भिर घाइते उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ज्यान गएको हो ।

ठक्कर दिएर फरार बसलाई स्याङजाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...