होलीको अवसरमा नेशनल एफ एमको लाइभ कन्सर्ट

पोखरा, २९ फागुन /मन जित्नु छ संगीतले सुसचेत गराउनुछ सूचनाले भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै लेखनाथ ७ तालचोक स्थित नेशनल एफ एम ८८.२ मेगाहर्जले नेपालीको संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले फागु पूर्णिमाको अवसरमा नेशनल होली लाइभ कन्सर्ट सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका राममणि अधिकारीले नेशनल एफ एमले स्थानिय सामाजिक संघ संस्थाहरुको सहकार्यमा विभिन्न धार्मिक चाडपर्वमा गरेको विभिन्न कार्यक्रमप्रति प्रशंसा गरे । होटल तथा रेष्टुरेण्ट एशोसियसनका लेखनाथका अध्यक्ष दामोदर भक्त थापा, नेशनल एफ एमका संस्थापक अध्यक्ष विश्वमणि अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवम् नेशनल एफ एमका कार्य समितिका सदस्य राजेन्द्र ओझा लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।

नेशनल एफ एमका कार्यसमितिका सचिव रोशन कोइरालाले नेशनल एफ एमले गरेका विभिन्न कार्यक्रमको वारेमा चर्चा गरेका थिए । नेशनल एफ एमका समाचार प्रमुख ऋषिराम रानाभाट, प्रडक्सन संयोजक विशाल सुनार र पूर्व स्टेशन प्रमुख विसुराज बरालद्धारा सन्चालन गरिएको कार्यक्रममा नेशनल एफ एका कार्यसमितिका अध्यक्ष शैलेन्द्र मोहन भट्टराइले स्वागत गरेका थिए भने कार्यक्रम संयोजक एवम् कार्यसमितिका कोषाध्यक्ष निर्मल भट्टराइले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा द मिमर्ज व्याण्ड, सैनिक सेभियर, सङ्कल्प व्याण्ड, व्ल्याक इगल व्याण्ड, डर्टी गाइज व्याण्ड, जोन भाइ ग्रुप , रोशनी गुरुङ, सव्रिना क्षेत्री , म्यूजिक मेज, पप गायएक अल्विन थापा, हास्यकलाकार बज्रराज अधिकारी , पप गायक नवराज न्यौपाने, होलीमाउण्ट इग्लिस स्कुलका विद्यार्थीहरु लगाएतको प्रस्तुति रहेको थियो । कार्यक्रममा मूख्य प्रायोजक, सह प्रायोजक, प्रायोजक तथा सहयोगी संस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...