रेवानले होली फेष्टिवलले पोखराको प्रवद्र्धन गरेको छ -भट्टराई

विकास भट्टराई
विकास भट्टराई

होली पर्वको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले पनि आज होली फेष्टिवलको आयोजना गर्दैछ । यसै सन्दर्भमा हामीले रेवान पोखरामा कार्यसमिति सदस्य एवं यसपटकको होली फेष्टिवल संयोजक विकास भट्टराईसंग सोही कार्यक्रममा केन्द्रित रहि कुराकानी गरेका थियौं ।

रेवान पोखराले किन होली फेष्टिबल आयोजना गरेको ?
रेवान पर्यटनसंग सम्बन्धित संस्था भएकाले नेपालमा भएका साँस्कृतीक पर्वहरु पर्यटकहरुलाई जानकारी दिंदै उनीहरुलाई पनि हाम्रो साँस्कृतीक पर्वमा सामेल गराउने र खुसि साटासाट गर्नका लागि रेवानले विगतदेखि होलि फेष्टिबलको आयोजना गर्दै आएको हो । नेपालीहरु सबैले रमाइले गरेको दिन उनीहरुलाई खल्लोपना महशुस नहोस्, हाम्रो खुसियालीमा उनीहरुले पनि संलग्न भई यसको रमाइलो लिन सकुन भनेरनै हामीले यो फेष्टिवलको आयोजना गरेका हौं ।

कहिलेदेखि शुरु भयो ?
रेवानले होलि फेष्टिवल आयोजना गर्न लागेको झण्डै एक दशक जति भयो ।

विगत र अहिलेसम्म आइपुग्दा के फरक आएको छ ?
विगतमा टोल वरपर र विशेषगरि पर्यटन सम्बद्ध संघसंस्थाका पदाधिकारी तथा साथीभाईहरु विच खेलिन्थ्यो । तर पछिल्ला संस्करणहरुमा यसमा विदेशीहरुको सहभागिता निकै बढेको छ । पोखरेलीहरुमा होलीका दिन होलि खेल्न एकपटक लेकसाइड त पुग्नै पर्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । त्यसैले पनि हामीले सडकका विभिन्न स्थानमा स्टेजहरु बनाएर विभिन्न कलाकारहरुको साँस्कृतीक प्रस्तुतीसंगै बाजागाजा सहित होली खेल्ने गरिएको छ ।

होलीको दिनमा लेकसाइडमा त भिड थामिनसक्नुको हुन्छ । कसरी व्यवस्थापन मिलाउँदै हुनुहुन्छ ?
यसका बारेमा हामीले जिल्ला प्रशासन कार्यालय कास्कीमा अवगत गराएका छौं । प्रहरी तथा लेकसाइड स्थित विभिन्न क्लव, नागरिक समाज, पर्यटन आवद्ध संघसंस्थाहरुसंग पनि समन्वय र सहकार्य गरेका छौं । सबै जना मिलेर कसरि व्यवस्थापन गर्न सकिन्छ, सक्दो कोशिष गर्नेछौं ।

होलीका नाममा विकृतीका कुराहरु पनि चल्ने गरेका छन् । लेकसाइड आउनेहरु केहिले पर्यटकहरुसंग दुव्र्यवहार गर्दछन भन्ने कुरा पनि सुन्नमा आउने गर्दछ । यसको न्यूनिकरणका लागि यहाँहरुले के गर्नुभएको छ ?
हो । होलीको नाममा थुपै्र विकृतीहरु छन् । कसैलाई जवर्जस्त रंग दलिदिने, रंगको नाममा मोविल तथा अन्य विग्रिएका पदार्थ दलिदिने, मापसे गरेर होली खेल्ने, झगडा गर्ने आदि । हामीेले ठाउँठाउँमा बनाइने स्टेजहरुबाट संयमित र सौहार्दपूर्ण वातावरणमा होली खेलिदिनका लागि आग्रह सहितको माइकिङ्ग गर्नेछौं ।

होलीमा यस्ता घटनाहरु नौलो त होइन । अझै होली खेल्नका लागि लेकसाइड आइदिनुहुने सम्पूर्णले आफ्नों अनुशासन पालना गरि खेलिदिनुभयो भने झन राम्रो । केहि मानिसहरु नशालु पदार्थ सेवन गरेर मात्तिएर होली खेल्न आएको पनि पाइन्छ । उनीहरुलाई प्रहरिले नियन्त्रण गर्नुपर्दछ । तर पछिल्ला केहिवर्ष यता मानिसहरुमा परिवर्तन आएको छ । उनीहरु आफै सतर्क भएर अनुशासित पूर्वक होली खेल्ने गरेको पाइएको छ ।

अन्तिममा बताइदिनुस न कतिबेला कहाँबाट रेवानको होली शुरु हुँदैछ ?
हामीले विहान ११ बजे अम्मटस्थित फेवा लेक रेष्टुरेण्ट अगाडी जम्मा भइदिनुहुन सरोकारवालालाई अवगत गराएका छौं । त्यहाँबाट बाजागाजा र रंग खेल्दै अगाडी बढिने छ । त्यो हुल लिए्र खहरेसम्म पुग्ने छौं । त्यस अलावा ठाउँठाउँमा स्टेज प्रोग्राममा होली विशेष कार्यक्रम चलिरहने छ । यहाँहरुपनि सोही समयमा सोही स्थानमा जम्मा भइदिनुहोला । आपसमा खुसि साटासाट गरेर सभ्य तवरले होलीलाई भव्य बनाइदिनुहोस् । ता कि यसको सकारात्कम शन्देस विदेशमा समेत जाओस् । र यसले भविष्यमा नेपालको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगोस ।

कमेन्टहरु
Loading...