पोखराको विजयपुर खोला पुलमा बम

पोखरा २८ फागुन /पोखरामा विजयपुर खोलामा रहेको पुलमा बम फेला परेको छ । शनिवार दिउसो बम फेला परेको हो । पोखराको विजयपुरमा दिउसो २ बजे बेबारिसे अबस्थामा बम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

विजयपुर खोलाको पुलमा तार लगाएर प्लाष्टिकले बेरिएको अबस्थामा राखिएको सो बस्तु बम भएको हुनसक्ने आशंकामा आवागमन बन्द गरिएको छ । सेनाको टोलीले सो बस्तु निश्क्रिय पार्ने प्रयास गरिरहेको छ ।

कञ्चनपुरमा भारतीय सिमा सुरक्षा बल एसएसबीको गोलीबाट नेपालीको मृत्यु भएको घटना बिरोध गर्दै विप्लव माओबादीले नेपाल बन्द आवहन गरेको कारण सोही समुहले राखेको हुन सक्ने प्रहरीको अनुमान छ । बम राख्ने समुहको पहिचान भने भएको छैन ।

कमेन्टहरु
Loading...