भारतिय हस्तक्षेपको विरोधमा पोखरामा विरोध ¥याली

पोखरा २७ फागुन /भारतिय सिमा सुरक्षा बल (एसएसबी)ले कन्चनपुरको पुनर्वास नगरपालिकामा गोविन्द गौतमको हत्या गरेको विरोधमा शुक्रबार​ पोखरामा ¥याली निकालिएको छ ।बिहीबार कन्चनपुरको पुनर्वास नगरपालिकामा कल्भर्ट बनाउने विषयमा भारतिय र नेपाली पक्षबीच बिवाद हुदा एसएसबीले चलाएको गोली लागेर गौतमको मृत्यु भएपछि भारतिय हस्तक्षेपको विरुद्धमा भारतिय हस्तक्षेप विरुद्ध संघर्ष समिती पोखराले विरोध ¥याली सहित कोणसभाको आयोजना गरेको हो ।

भारतिय हस्तक्षेपको विरोधमा पोखरामा विरोध ¥याली

नेकपा एमाले, मोहन वैद्य निकटको नेकपा माओवादी (क्रान्तिकारी), नेकपा माओवादी(विप्लव) र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा ¥याली निकाली कोण सभा गरेका हुन  ।सो अवसरमा वोल्दै नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले भारतिय सुरक्षकर्मीले दिन दहाडै नेपाली भुमिमा नेपाली जनतालाई गोली हान्दा पनि सरकार मुखदर्शक बनिरहेको वताउदै त्यसको विरुद्धमा सम्पूर्ण नेपाली एकजुट भएर लाग्नुपर्ने वताए । वर्तमान सरकार भारत संग लम्पसार परिरहेको वताउदै यस्तै अवस्था आएमा यो सरकार धेरै दिन नटिक्ने उनको भनाइ रहेको थियो  ।

सो अवसरमा वोल्दै राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष शंकर बराल, नेकपा माओवादी क्रान्तिकारीका केन्द्रिय सदस्य नारायण हरि अधिकारी र नेकपा माओवादी विप्लवका कास्की जिल्ला सेक्रेटरी पूर्णजित पुन लगायतले भारतिय ठाडो हस्तक्षेपको विरोध गर्दै नेपाल सरकारले आफ्नो नागरिक मारिदा पनि कुटनितीक पहल नगर्नु दुखद रहेको वताएका थिए ।

कमेन्टहरु
Loading...