एनआरएन युरोप सम्मेलनः नेपालको निजीक्षेत्रसँग सहकार्यमा जोड

८ असार, ज्यूरिच । गैरआवासीय नेपाली संघ (एनआरएन)को चौथो युरोप क्षेत्रीय सम्मेलन स्वीटजरल्याण्डको राजधानी ज्यूरिचमा सुरु भएको छ । सम्मेलनको उद्घाटन स्वीटरल्याण्डका पूर्व फेडरल च्यान्सलर हुँवर होच्च, एनआरएनका संस्थापक उपेन्द्र महतो र अध्यक्ष जीवा लामिछाने र स्वीटरल्याण्डका लागि नेपाली राजदूत शंकर बैरागीले संयुक्तरुपमा गर्नुभयो ।

सम्मेलन मुख्यतः नेपालमा लगानी विस्तारका बिषयमा केन्द्रीत रह्यो । सम्मेलनमा आफ्नो मन्तब्य राख्दै राजदूत बैरागीले नीतिगतरुपमा पनि नेपालमा अब गैरआवासीय नेपालीहरुका लागि वातावरण बनेको बताउनुभयो । गैरआवासीय नेपाली र नेपाली कुटनीतिक नियोगकावीच सहयकार्यका खाँचो रहेको भन्दै बैरागीले अब कामका लागि इच्छाशक्तिको मात्र आबश्यक रहेको बताउनुभयो । उद्योगपति राजेन्द्र खेतानले अब एनआरएनले गफमात्र गर्छन, केही गर्दैनन भन्ने अबस्था नरहेको बताउनुभयो ।

नेपाली ब्यबसायी र गैरआवासीय नेपालीवीच सहकार्यहुनुपर्नेमा जोड दिँदै खेतानले भन्नुभयो- तपाईहरुले सुरु गरेको सामूहिक लगानीको स्प्रीट ठिक छ, त्यसमा पर्याप्त सुधार गर्नु जरुरी छ ।’ जलबिद्युतमात्र नभएर अन्य ६-७ वटा क्षेत्रलाई पहिचान गरी लगानी विस्तारको योजना बनाउन सुझाव दिँदै खेतानले भन्नुभयो-’एनआरएनको लगानी नेपालका लागि अन्तिम उज्यालो हो, त्यो पनि पोलियो भने सवै चीज सकिन्छ, त्यसैले बिश्वासिलो ढंगले ब्यबसायीक ब्यक्तिहरुको संलग्नतामा लगानीलाई विस्तार गर्नुस् ।’ – See more at: http://www.onlinekhabar.com/2013/06/85130/#sthash.qNp2tnV5.dpuf

कमेन्टहरु
Loading...