पोखराको फुटबल मैदानसहित प्यारापिट बनाउन ३५ करोड, डिपिआरमा सम्झौता

सागर राज तिमिल्सिना
पोखरा, २६ फागुन/पोखरा रंगशालाको फुटबल मैदानसहित प्यारापिट निर्माण गर्न विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) निर्माणका लागि सम्झौता भएको छ ।  पश्चिमाञ्चल खेलकुद विकास समितिको आयोजनामा बिहीबार भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिब महेश प्रसाद दाहाल, समितिका अध्यक्ष खगराज पौडेल र एनडी इन्जिनियरीङका संचालक निरन्जन डुर्मेका बिच हस्ताक्षर भएको छ ।

कम्पनीले २ महिना भित्र पोखरा रंगशालाको प्यारापिट निर्माणको डिपिआर तयार गर्ने डुर्मेले जानकारी दिए । उनले रंगशालाको माटो परिक्षण, आर्किटेक्टर, डिजाइन र लागत अनुमानको योजना बताउने बताए । साग फुटबल पोखरा गर्ने लक्ष्यसहित खेलकुद मन्त्रालयले मैदानसहित प्यारापिट निर्माण गर्न ३५ करोड बजेट छुट्टाएको छ । डिपिआर जतिसक्यो छिटो बनाई मन्त्रालयमा पेश गरेर साग फुटबलसम्म प्यारापिट निर्माण गर्ने योजना रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे ।

पोखराको फुटबल मैदानसहित प्यारापिट बनाउन ३५ करोड, डिपिआरमा सम्झौता
पोखराको फुटबल मैदानसहित प्यारापिट बनाउन ३५ करोड, डिपिआरमा सम्झौता

उनले भने¬–‘यसै आर्थिक वर्षदेखि नै निर्माण शुरु गर्ने छौं ।’ मन्त्रालयले साग खेलकुद प्रतियोगिता अन्तर्गतको बजेट पोखरालाई उपलब्ध गराउने प्रतिबद्धता गरेको हो । महिला साग फुटबल, भलिबल, आर्चरी लगायतका विभिन्न खेल पोखरामा गर्ने निर्णय राष्ट्रिय खेलकुद परिषदले यस अघि नै गरि सकेको छ ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता हुदाँ तयार पारेको भौतिक पुर्वाधार अहिले जीर्ण छन् । ०४५ र ०७२ सालको भूकम्पले ती पुर्वाधारलाई कमजोर बनाएको छ । फुटबल मैदान पुर्वमा दर्शक प्यारापिट र पश्चिममा भिआईपी प्यारापिट छन् । ती पुर्वाधारलाई स्थानीयस्तरमा हुने फुटबल प्रतियोगितालाई लक्षित गरी यथास्थितिमा राख्दै बाँकी क्षेत्रमा प्यारापिट निर्माण गरिने छ ।

‘अहिले पुराना संरचना भत्काईदैन् । नयाँ संरचना निर्माण गर्दै गएपछि आवश्यकता अनुसार भत्काईन्छ ।’ क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले भने–‘प्यारापिटले फुटबल मैदान घेरिने छ ।’ झण्डै २५ देखि ३० हजार दर्शक अटाउने क्षमताको प्यारापिट निर्माण हुने उनको भनाई थियो । अहिले भईरहेको सर्वसाधारण प्यारापिटमा चार हजार दर्शक अटाउँछन् । पोखरामा विशेष गरी सहारा क्लबले आयोजना गर्ने आहा रारा गोल्डकप तथा कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने पोखरा कपको फाईनलमा दर्शकको चाप हुने गर्छ ।

फाईनलमा झण्डै १५ हजार दर्शक उपस्थिति हुने गरेको तथ्यांक समेत छ । उपस्थित दर्शक चौरमा बसेर फुटबल खेल्न बाध्य छन् । सहारा क्लबका अध्यक्ष विरभद्र आर्चायले डिपिआर निर्माणले प्यारापिट बन्ने आशा जगाएको बताए । एन्फाका उपमहासचिब गणेश भट्टराईले सरकारका आँखा धेरै पछि खुल्न लागेको बताउदै पोखरालाई स्पोर्टस टुरिज्मको रुपमा विकास गर्न टेवा पु¥याउने बताए ।

उनले नेपालका खेलकुदका विकासका लागि पोखरालाई खेल प्रशिक्षणको केन्द्र बनाउनु पर्ने बताए । पोखरामा अन्तराष्ट्रिय स्तरको प्यारापिट निर्माण भए मैत्रीपूर्ण अन्तराष्ट्रिय खेलहरु खेलाउने सकिने फुटबलका अग्रजहरु बताउँछन् । खेलकुद सचिब महेशप्रसाद दाहालले पोखरामा १३ औ सागका ५ वटा खेल पोखरा खेलाउने लक्ष्य सहित सरकार अगाडी बढेको बताए । उनले अहिले पनि सरकारले खेलकुदको पुर्वाधार निर्माणका लागि वार्षिक १ अरव ५० करोड छुट्याए पनि खर्च हुन नसकेको बताए ।

कमेन्टहरु
Loading...