सात जुवाडे प्रहरी फन्दामा, १ लाख ४ हजार नगद बरामद

पोखरा, ८ असार/जिल्ला प्रहरी कार्यालय कास्कीले जुवातास खेल्दै गरेका ७ जनालाई पक्राउ गरेको छ । पोखरा १६ दिप स्थित बालकृष्ण गुरुङ्गको घरमा जुवातास खेलिरहेको अवस्थामा १ लाख ४ हजार रुपैया नगद सहित तास खेल्दै गरेको अवस्थामा प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा १६ लामाचौरका ६० वर्षिया नेत्र बहादुर खत्री, पोखरा न्यूरोडका ४० वर्षिया मिन बहादुर गुरुङ्ग, हेम्जा ९ का ४५ वर्षिया धुर्व थापा, अर्मला २ का ६४ वर्षिया भक्त बहादुर गुरुङ्ग, पोखरा १६ दिपका ६० वर्षिया शेर बहादुर गुरुङ्ग , पोखरा १६ दिपका ४७ वर्षिया सुग्म गुरुङ्ग र ५० वर्षिया बालकृष्ण गुरुङ्ग रहेका छन् । उनहरुका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरि होहल्ला गर्दै हिडने पक्राउ ३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा पोखरा ९ नयाँबजारका २० वर्षिया उदिम थापा, पोखरा नयाँबजारका २१ वर्षिया आकाश उदाश र पोखरा नयाँबजारका १८ वर्षिया राजु श्रेष्ठ रहेका छन् । त्यसै गरि पोखरा ९ नयाँबजारबाट वर्ष २६ को सुर्य बहादुर पाण्डे क्षेत्रीलाई ३०० ग्राम गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

कमेन्टहरु
Loading...