अन्तर्राष्ट्रिय महिला दिवसमा सम्मान

पोखरा, २५ फागुन /१०७ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्षमा आज पोखरामा तीनवटा संस्था र एक व्यक्तिलाई सम्मान गरिएको छ । महिलाहरुको शसक्तीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै कोपिला नेपाल पोखरा, ज्योति महिला विकास तथा वचत सहकारी संस्था आर्वाविजय,सकृय महिला विकास वचत तथा ऋृण सहकारी संस्था पुम्दी भुम्दी र व्यक्ति तर्पm कास्कीको ढिकुरपोखरीमा अवस्थित दिगो महिला विकास वचत तथा ऋृण सहकारी संस्थाका संचालक राधा कुंवरलाई सम्मान गरिएको छ ।

“महिला सम्मानको आधार, सीपयुक्त हात”  मूल नाराका साथ १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोह समितिद्धारा आज पोखरामा आयोजित कार्यक्रममा महिला सांसदद्धय शारदा पौडेल र सीता गिरी ओलीले दोसल्ला ओढाएर संस्था तथा व्यक्तिलाई सम्मान गरेका थिए ।मूल समारोह समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्धय शारदा पौडेल र सिता गिरी ओली, नेकपा एमालेका अध्यक्ष कृष्ण थापा,नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, पोखरा विश्वविद्यालयका सह प्रशासक रजनी केसी लगायतले वोलेका थिए ।

यस अघि पोखराको सिर्जनाचोकवाट शुरु भएको र्याली रत्नचोक,राष्ट्रवैंक चोक हुंदै जिल्ला विकास समितिको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।र्यालीमा महिला अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पंचामृत नाट्य समुह पोखरले महिला अधिकारसंग सम्बन्धित नाटक होसियार मञ्चन गरेको थियो ।

कमेन्टहरु
Loading...