आठौ विटिकपको उपाधी संगम होम ग्राउण्डलाई

पोखरा, ८ असार/आठौ विटिकप अन्तरक्लव नकआउट सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी संगम होमग्राउण्डले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक बुद्धटोल युवा परिवारको पहेंलोलाई २–० गोलले पराजित गर्दै संगमले सो उपाधी आफ्नों नाम गराएको हो । संगमको जितमा म्यान अफ द म्याच भिक्टोर र फमीले एक एक गोल गरे ।

जितसंगै संगमले नगद ६० हजार तथा शिल्ड मेडल प्रमाणपत्र पुरस्कार हाता पा¥यो भने दोश्रो स्थानमा चित्त बुझाएको विटि पहेंलोले नगद ३५ हजार तथा कप मेडल प्रमाणपत्र पुरस्कार प्राप्त ग¥यो । प्रतियोगिताका विजेता तथा उपविजेता टोलिलाई समापन समारोहका कास्की जिल्ला फुटवल संघका अध्यक्ष खेम गुरुङ्ग तथा विशेष अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक रोशन खड्काले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा विटि पहेंलोका गणेश पुन सर्वोत्कृष्ट खेलाडी तथा सोहि टिमका अन्जान देवकोटा उत्कृष्ट डिफेन्स र सनिस भण्डारी उत्कृष्ट मिडफिल्डर भए । त्यसैगरि विजेता टोलिका अफ्रिकन खेलाडी टोर उत्कृष्ट गोलकिप्पर भ एभने संगम ए का राकेश गुरुङ्ग सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगितामा कूल ६ गोल गरेका थिए । अनुशासित टोलिको पुरस्कार पनि संगम ए नै भयो । उनीहरुलाई ट्रफि प्रदान गरिएको थियो ।

ज्ञानुवावा आवासिय विद्यालयका प्रिन्सिपल कृष्ण गुरुङ्ग, आयोजक परिवारका उपाध्यक्ष विजया गुरुङ्ग, प्रायोजक तथा सल्लाहकार राधा गुरुङ्ग, बगर भाइखलकका अध्यक्ष दिलकाजी गुरुङ्ग, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, नट्टि नट्स क्याफेका सञ्चालक अर्जुन गुरुङ्ग, पास्कल एकेडेमिका प्रसाद गुरुङ्ग, समाजसेवि तथा व्यवसायि सुनिल गुरुङ्ग लगाएतले विजेता खेलाडीहरुलाई पुृरस्कार वितरण गरेका थिए ।
सोहि समारोहमा लामो समयदेखि फुटवलमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका फुटवलका पूर्वराष्ट्रिय खेलाडी इश्वर गुरुङ्ग (चन्द्र)लाई सम्मान गरिएको थियो ।

जिल्ला, क्षेत्र, ए डिभिजनका चर्चित क्लव हुँदै राष्ट्रको जर्सि समेत लगाएका गुरुङ्ग हाल कास्की जिल्ला फुटवल संघका सहायक प्रशिक्षक हुन् । क्लव अध्यक्ष अरुण गुरुङ्गको अध्यक्षतामा सम्पन्न समारोहमा प्रतियोगिता संयोजक प्रदिपकुमार राई (दाह्रासिंह)ले स्वागत मन्तव्य राखेका थिए भने आयोजक परिवारका सचिव रेशम सापकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

कमेन्टहरु
Loading...