रेडियो अन्नपूर्णले चैत १९ रक्तदान गर्ने

पोखरा २५, फागुन/रेडियो अन्नपूर्णले १६ औं संस्करणको रक्तदान कार्यक्रम आउदो चैत १९ गते शनिबार हुने भएको छ । रेडियोको १७ औं वार्षिकोत्सवको अवसरमा विगतमा झै यसवर्ष पनि रक्तदान कार्यक्रम गर्न लागेको प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्न र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक वर्ष चैतको तेस्रो शनिबार रक्तदान कार्यक्रम गर्दै आएको छ ।

यसैबीच, रेडियोको बुधबार बसेको बैठकले वरिष्ठ संवाददाता दीननाथ बराललाई रक्तदान कार्यक्रमको संयोजक र सहसंयोजकमा वरिष्ठ संवाददाता माधव बराललाई तोकेको छ । संयोजक बरालले सामाजिक उत्तरदायित्व पूरा गर्न रेडियोले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने अठोट व्यक्त गर्दै सहयोगका लागि पोखराका सम्पूर्ण संघसंस्था तथा व्यक्तिहरुलाई आग्रह समेत गरेका छन् ।

बैठकको अवसरमा रेडियो अन्नपूर्णकर्मीहरुले अन्तराष्ट्रिय श्रमिक महिला दीवसको शुभकामना आदानप्रदान समेत गरेका थिए ।

कमेन्टहरु
Loading...