पोखरामा सामसुङको नयाँ सर्भिस सेन्टर

फागुन, २५ पोखरा /सामसुङ मोबाइलको गण्डकी र धौलागिरीका लागि आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएको छ । बिगतमा महेन्द्रपुलमा सञ्चालित सर्भिस सेन्टरलाई थप सुविधा सहित बृहत आकारमा चिप्लेढुंगा ओपनहाउस कम्प्लेक्समा नयाँ सर्भिस सेन्टर स्थापना गरिएको छ ।

सामसुङको लागि नेपालको आधिकारिक बिक्रेता आइ.एम.एस.का डिकेश मल्होत्रा र गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता वल्ड वाइड कनेक्सनका प्रवन्ध निर्देशक सुशील कुमार गुरुङले संयुक्त रुपमा सर्भिस सेन्टरको शुभारम्भ गरेका हुन् ।

बिक्री पछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित गर्न सर्भिस सेन्टर स्थापना गरिएको प्रवन्ध निर्देशक गुरुङले बताए । ‘बजारमा सामसुङ मोबाइलको बिक्री निकै राम्रो छ,’ उनले भने, ‘बिक्री अनुसार र ग्राहकको विश्वास अनुसार नै हामीले सर्भिसलाई पनि व्यवस्थित गरेका छौं ।’

कमेन्टहरु
Loading...