अखण्ड नेपाल पार्टी कास्कीको बैठकको निर्णय सार्वजनिक

पोखरा, ८ असार/अखण्ड नेपाल पार्टी जील्ला तदर्थ समिति कास्कीको तेश्रो पूर्ण बैठक कास्कीका गाउँ तथा नगरका वडाहरुमा तत्कालै तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले आफना पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षित गरी पार्टीको निति तथा कार्यक्रमलाई तल्लो निकायसम्म पु¥याउन एक दिने प्रशिक्षक–प्रशिक्षण तालिम दिने भएको छ ।

बैठकले कास्कीका चार वटै निर्वाचन क्षेत्रमा गाउँ तथा वडा तदर्थ समिति गठन गर्नका लागि क्षेत्र नं. १ मा अर्जुन बहादुर बस्नेत, क्षेत्र नं. २ मा दान बहादुर बस्नेत, क्षेत्र नं. ३ मा गणेश बहादुर केसि, क्षेत्र नं. ४ मा दिल बहादुर अधिकारी को संयोजकत्वमा समिति गठन गरिएको पार्टीका जील्ला अध्यक्ष पदम बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार असार १२ गते लेखनाथ–१२ मा एक दिने प्रशिक्षक–प्रशिक्षण तालिम गर्ने निर्णय समेत गरेको छ । बैठकले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुमध्ये २६ जना थप गरी जिल्ला कार्यसमिति ६० जनाको बनाएको छ ।

कमेन्टहरु
Loading...