माझठानामा फागुपुर्णिमाको अबसरमा भलिवल प्रतियोगिता हुने

कृष्ण आचार्य,पोखरा, २४ फागुन /कास्कीको माझठाना गाबिसमा रहेको मनकामना युवा क्लवले फागुपुर्णिमाको अबसर पारेर  भलिवल प्रतियोगिता गर्ने भएको छ । यही फागुन २९ गते आइतबार फागुपुर्णिमा अर्थात होली पर्वको अवसर पारेर माझठाना गाबिस १ मा रहेको मनकामना युवा क्लवले वडा स्तरिय भलिवल प्रतियोगिता गर्ने लागेको क्लवका सदस्य बुद्धिनाथ तिमिल्सिनाले जानकारी दिए ।

प्रतियोगिता माझठाना गाबिस १ मा रहेको रत्नशोभा माबीको प्राङ्गणमा हुने बताईएको छ ।टीम दर्ता  गर्न एक हजार रुपैया दर्ता शुल्क लाग्ने क्लवले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १० हजार रुपैया, दित्तिय हुने टिमलाई ६ हजार रुपैया पुरस्कार प्रदान गरिने पनि तिमिल्सेनाले जानकारी दिए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन आर्थिक र भौतिक सहयोग गरिदिन पनि माझठानाबासीहरुलाई क्लवले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...