नुहाउने क्रममा सेतीले बगाएर ढोरफिर्दीबाट एक वृद्ध बेपत्ता

पवन पौडेल
तनहुँ असार ८ । नुहाउने क्रममा सेती नदिले बगाएर तनहुँको ढोरफिर्दीका एक वृद्ध वेपत्ता भएका छन् ।
आज दिउँसो २ बजे नुहाउनका लागि नदि किनार गएका ढोरफिर्दी ३ निवासी ७८ बर्षका आसन लामालाई नुहाउँदै गर्दा नदीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता लामाको खोजी कार्य जारी रहेपनि हालसम्म फेला पर्न नसकेको प्रहरीको भनाई छ ।

 

कमेन्टहरु
Loading...