होलीमा रामादीमा वडास्तरिय भलिबल हुने

पोखरा, २४ फागुन /‘रामादी जाऔं भलिबलसंगै होलीमा रमाऔं’ भन्ने नाराका साथ कालिका तुम क्लव, देउराली–७ कास्कीले फागुणको २७ देखि २९ गते सम्म वडास्तरिय भलिबल प्रतियोतिगा आयोजना गर्ने भएको छ ।

क्लवको वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार
शिल्ड मेडल प्रमाणपत्र, द्वितिय हुनेले नगद १८ हजारका साथमा शिल्ड मेडल प्रमाणपत्र तथा उत्कृष्ट खेलाडी एवं अनुशासति खेलाडीलाई पनि पुरस्कृत गरिने क्लवले जनाएको छ ।

‘विगतका संस्करणहरुमा १७÷१८ क्लवले सहभागिता जनाउने गर्दथे तर यसपटक सहभागि संख्या बढ्न सक्छ’–क्लवका अध्यक्ष एवं प्रतियोगिता संयोजक मेख गुरुङ्गले भने । ग्रामिण क्षेत्रमा आयोजना हुने भलिबल खेलले नयाँ प्रतिभाको खोजीका साथै गाउँलाई समेत चिनाउन सिद्ध हुने भएकाले पनि आफुहरुले यो प्रतियोगितालाई निरन्तरता दिंदै आएको गुरुङ्गले बताए ।

प्रतियोतिगा सम्पन्न गर्न भण्डै १ लाख खर्च लाग्ने क्लवका सह–सचिव इन्द्र गुरुङ्गले जनाए । देशविदेशमा रहेका साथीभाई
तथा स्थानियहरुकै आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिंदै आएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...