चैतदेखि देशभर लोडसेडिङ नहुने

काठमाडौं, २४ फागुन /नेपाल विद्युत प्राधिकरणले चैतदेखि नेपालभर लोडसेडिङ नगर्ने भएको छ। आजको कारोबारमा दैनिकमा खबर छ । प्राधिकरणले परीक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।

चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा ९एसएलसी० लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रुपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रुपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस वर्षको तिहारबाट परीक्षणको रुपमा उनले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाउने परीक्षण गरेका थिए । उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन्।

कमेन्टहरु
Loading...