होलीमा पोखरामा सावर सहितको कन्र्सट हुने

पोखरा, २४ फागुन /द लुप इन्टरटेनमेन्टको आयोजनामा होलीको उपलक्ष्यमा पोखरामा सावर सहितको कन्र्सट हुने भएको छ । पोखरा प्रर्दशनी केन्द्रमा हुने सावर कन्र्सटमा नेपालका चर्चित ब्याडहरुको लाईभ कन्सर्ट रहने कलाकार संयोजक नबिन थापाले जानकारी गराए ।

द एक्स ब्याड, अनुप्रस्था, योगेश काजी, द ड्रिमज, द नेस्ट डोर, न्यू बिगिनिङ्ग ब्याड साथै नृत्य र हास्य प्रहशन पनि रहने छन् । लाईभ कन्र्सटमा पोखरेलीहरुले होलीमा फरक खालको वातावरणमा रमाउने कुरामा आफु निकै आशाबादी रहेको द लुप इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ थापाले बताए ।

करिब १० लाखको लागतमा कार्यक्रम सम्पन्न गर्ने र बचत भएको रकम बृद्धाश्रममा सहयोग गर्ने कार्यक्रम संयोजक बेन्जन थापाले बताए ।

कमेन्टहरु
Loading...