काठमाडौ, २४ फागुन/ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाण्डौंको कलंकीमा शाखा बिस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक बैंकका डेपुटी गर्भनर शिब राज श्रेष्ठले शाखाको उद्घाटन गरे ।
बैंकका हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले जानकारी दिए । शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको बताए ।
मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने, मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिए । बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको अधिकारीले जानकारी दिए ।