बालबालीकाको उपचारको लागी निःशुल्क शिविर हुने

पोखरा, २२ भदौ / पोखराको सिमलचौरमा रहेको बाल उपचार केन्द्रमा एक दिने निःशुल्क शिविर सन्चालन हुने भएको छ । बालबालीकाको उपचार सेवा प्रदान गर्दै आएको उपचार केन्द्रमा शनिवार एक दिने शिविर सन्चालन गर्न लागेको केन्द्रकी निदेशक सुष्मा सिग्देलले जानकारी दिइन् ।

विहानबाट शुरु हुने शिविर दिन भर सन्चालन हुनेछ । पछिल्लो समयमा भाइरलका कारण धेरै बालबालिकाहरु विरामी भएको भन्दै सबैलाई सेवा दिने उद्देश्यले शिविर सन्चालन गरेको बालरोग विशेषज्ञ डाक्टर यज्ञराज सिग्देल जानकारी दिए ।

अहिलेको भाइरल पाचँ दिनमा निको भए पनि बालबालीकाहरुमा निमोनीया, टाइफाइड र पिसाबको खराबी देखिने गरेको डाक्टर सिग्देलले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमामा समेत कार्यरत डाक्टर सिग्देलले बालबालीकालाई डाक्टर सगँ परिक्षण गराएर मात्रै औषधी प्रयोग गर्नु पर्ने बताए । उनले पोखरामा पानीका कारण पछिल्लो समयमा धेरै भन्दा धेरै विरामी भाइरलका आउने गरेका बताए ।

कमेन्टहरु
Loading...