महिलाका लागि अचार बनाउने तालिम सुरु

पोखरा, ८ असार/पोखरा उपमहानगरपालिका वडा नं. ८ मा रहेका महिलाहरु र वडास्तरीय महिला न्यायिक मञ्च पारालिगल कमिटिको संयुक्त आयोजनामा ५ दिने खाने अचार बनाउने तालिम पोखरामा सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै तालिमका सहयोगी संस्था पोखरा उपमहानगरपालिकाका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले तालिमले महिलाको सिप कला विकासमा महत्वपुर्ण भुमिका खेलेको र यस्ता कार्यक्रमलाई उपमहानगरपालिकाले सहयोग गर्ने बताए । तालिममा वडा क्षेत्रका १० वटा महिला समुहका ७५ जनाको सहभागिता रहेको छ ।

पारालिगल कमिटि पोखरा–८ का संयोजक शान्ति सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा जाल्पादेवी महिला उद्धार समुहका संस्थापक अध्यक्ष शारदा सुवेदी, अध्यक्ष पवित्रा केसि, सचिव राधिका थापा, जाल्पादेवी टोल सुधार समितिका अध्यक्ष कृष्णमान ठुसाजु, टोल समन्वय संस्थाका अध्यक्ष हरि बराल, सृजना विकास केन्द्रका अध्यक्ष रुद्रनाथ बराल, विन्ध्यावासिनी फलफुल उद्योगका मिना पराजुली लगायतले तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतानुपर्नेमा जोड दिए ।

कमेन्टहरु
Loading...