रुपाकोटको शिविरमा तीन सय ६० जनाको स्वास्थ्य जाँच

लेखनाथ, २३ फागुन /लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीद्धारा कास्कीको रुपाकोटमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा ३ सय ६० जना विरामीले सेवा लिएका छन् ।

रुपाकोटको भिरचोक स्थीत चन्द्रप्रभा माविमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोगका ५२ जना, बालरोगका ३० जना, नशा तथा हाडजोर्नीका १ सय ५० जना र मुटु पेट तथा छाती रोगका १ सय ५८ जनाले सेवा लिएका थिए ।
कार्यक्रममा पोखराका विभिन्न अस्पतालका डा. कमर जहाँ, डा, रमेश राज आचार्य, डा. दिनेश कुमार वि.क. डा. राजेश पराजुली लगायतका बरिष्ठ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।

स्वास्थ्य परिक्षण पश्चात विरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरिएको स्वास्थ्य शिविरका संयोजक एवं क्लवका कोषाध्यक्ष बालकृष्ण लामिछानेले जानकारी दिए । यसअघि शिविरको उद्घाटन गर्दै, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले क्लव स्थापनाको छोटो समयमा पनि सामाजिक उत्तरदायित्वका काम गरेको भन्दै प्रसंसा गरे । उनले क्लवका सदस्यहरुले आर्थिक संकलन गरी रुपाकोटमा मेगा हेल्थ शिविर गरेर दुरदराजका जनतालाई सेवा पुर्याएको उल्लेख गरे ।

कार्यक्रममा संघका निर्वतमान अध्यक्ष एवं क्लवका गाइडलाइनर बाबुराम गिरीले क्लवले रक्तदान, विद्यालयमा खानेपानी टंकी बितरण र स्वास्थ्य शिविर जस्ता सामाजिक क्रियाकलाप गरेर समाज सेवामा उत्कृष्ट कार्य गरेको बताए ।

क्लवका अध्यक्ष भरतकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय ध्रुवतारा क्लवका अध्यक्ष प्रेम खड्का, भिरचोक महिला समूहका अध्यक्ष बालमाया गुरुङ लगायतका बक्ताहरुले लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीका क्रियाकलापका बारेमा बोलेका थिए । कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष भक्तवहादुर के.सी, धन्यवाद ज्ञापन द्धितिय उपाध्यक्ष बद्रीनाथ पौडेलले गरेका थिए भने संचालन सचिव नवराज सापकोटाले गरेका थिए ।

कमेन्टहरु
Loading...