हस्तकला तथा नेपाली जुत्ता मेलामा आइतबारसम्म ४० लाख रुपैयाँ बराबरको कारोबार

पोखरा, २२ फागुन /पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला जारी छ । कास्की पोखरा हस्तकला संघ र नेपाली जुत्ता घर प्रालि काठमाडौंको संयुक्त आयोजनामा गत आइतबारदेखि सुरु भएको मेला फागुन २९ गतेसम्म चल्नेछ ।

मेलाको आइतबारसम्म ५९ हजार दर्शकले अबलोकन गरेका छन् भने आइतबारसम्म मेलामा ४० लाख रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ । ८ औँ दिन आज (आइतबार) मात्र १० हजार दर्शकले मेला अबलोकन गरेको मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभयो । मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।

उद्यमशीलतालाई प्रवद्र्धन गर्दै नेपाली उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाली जुत्ता घर प्रालि काठमाडौंका सञ्चालक होमनाथ उपाध्यायले बताउनुभयो । मेलामा पोखरा तथा छिमेकी जिल्ला र देशभरका हस्तकलाका सामानहरु पनि बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।

त्यस्तै इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड पोखरा नेपालले पोखरा प्रदर्शनी केन्द्रमा यही फागुन २९ गते होली विषेश कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रममा लिएको प्रवेश टिकट लिएर हस्तकला तथा जुत्ता मेलामा गइ १ हजार मुल्य बराबरको हस्तकलाका सामान तथा जुत्ता खरिद गर्ने ग्राहकलाई रु १ सय छुट दिइने मेला संयोजक तथा कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले जानकारी दिनुभएको छ ।

कमेन्टहरु
Loading...