नेपाली अर्गेलीको बोक्रामा जापानी नोट

काठमाडौ, २२ फागुन /जापानी नोट येन बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा जापान पुरेर प्रयोग हुने गरेको छ । सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरुले लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

अर्को आशालाग्दो तथ्यांक भेटिएको छ । त्यो हो नेपालबाट आर्थिक वर्ष २०७२/ ७३ मा ६० हजार किलो अर्गेलीको बोक्रा जापान निर्यात भएको छ। जसको मूल्य ३ करोड ५५ लाख ४२ हजार ६ सय ९५ रुपैयाँ बराबर हुन्छ। अर्गेलीको बोक्रा जापानी नोट बनाउन प्रयोग हुन्छ ।

‘अर्गेलीको बोक्रा विशेष गरी नोट बनाउन जापानमा निर्यात भइरहेको छ’, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका बरिष्ठ अधिकृत कृष्णराज बजगाईँले भने, ‘यसको निर्यात बर्षैपिच्छे उल्लेख्य दरमा बृद्धी भइरहेको छ ।’

अर्गेली पहाडी भेगमा पाइने एक प्रकारको बिरुवा हो । जसको बोक्रा नेपालमा हाते कागज बनाउन प्रंयोग गरिन्छ। त्यसैको बोक्रा जापानले भने केही वर्षदेखि आफ्नो कागजको नोट बनाउन लैजाने गरेको छ।

कमेन्टहरु
Loading...