नर्मदेश्वर महायज्ञमा एक करोड संकलन

लेखनाथ, २२ फागुन/लेखनाथ १ मदौरुकुनामा आयोजित श्रीमद्भागत शिब पुराण कोटी रुद्र संङ्गीतमय ज्ञान महायज्ञमा करीव १ करोड संकलन गरी शनिवार सम्पन्न भएको छ । नर्मदेश्वर मोक्षआश्रम संरुक्षण समितिको आयोजनामा फागुन ११ गते देखी संचालित महायज्ञको अन्तिम दिन २५ लाख वढी संकलन भएको समितीका कोषाध्यक्ष शक्ति वल्लव ढकालले जानकारी दिएका छन् ।

समापन समारोहमा वोल्दै महामण्लेश्वर स्वमी आत्मानन्द गिरी महाराजले वृद्धवृद्धालाई सम्मान र वाल वच्चालाई असल सस्कार सिकाउनु पर्नेमा जोड दिँदै असल काम गर्नेहरुको सधैं भलो हुने विचार राखेका थिए ।

समितीका अध्यक्ष झविन्द्रराज आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा चन्दादातालाई सम्मान गर्दै आश्रमका पिठाधिस इन्जिनियर मौनि वावाले सवैको सहायोग र सद्भावले महायज्ञ सम्पन्न भएको र निकट भविष्यमा कलात्मक शिव मन्दिर निर्माण हुने विश्वास दिलाएका थिए ।

नर्मदेश्वर मोक्षआश्रम संरक्षण समितिले आयोजना गरेको महायज्ञमा बहिरी जिल्लाबाट १ हजार वढी सन्त महन्तहरुको उपस्थीती रहेको प्रचार प्रसार संयोजक विष्णु सुबेदीले जानकारी दिएकी छन् । महायज्ञमा प्रमुख बाचक देश तथा बिदेशमा प्रख्यात चैतन्य कृष्णजीले गरेका थिए ।

कमेन्टहरु
Loading...