पोखरामा ताला फोडी करिब ११ लाखको चोरी

पोखरा, २१ फागुन /पोखरा ७ मासबारको एक घरमा तालाफोडी करिब ११ लाख बराबरको धनमाल चोरी भएको छ । कास्की पुम्दी भुम्दी घर भई हाल पोखरा ७ मासबारमा डेरा गरिन बस्ने कृष्ण बरालको चोरी भएको हो ।

पोखरा ७ मासबार स्थितमा कृष्ण प्रसाद पौडेलको घरमा डेरा गरी बस्ने कृष्ण बरालको दिउँसो कोही नभएको बेला कोठामा लगाएको ताला फोरी कोठामा नगद तथा गहरा चोरी भएको हो । नगद १ लाख ५० हजार र करिब २० तोला सुन चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

सुनको हार थान दुईवटा साढे आठतोला, सुनको ५ तोलाको चेन, २ तोलाको १ जोडी चुरी, सुनको सिरबन्दी र चन्द्रमा एक एक वटा, २ तोलाको सिक्री, दुईवटा दुई तोलाको औठी चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...