पोखरा, फागुन २०/बिहीबार दिउँसो आएको हावाहुरीले टावर ढलेर क्षति पुग्दा पोखरास्थित इमेज एफएमको प्रसारण रोकिएको छ । हावाहुरीले टावर ढल्दा करिब १५ लाख रुपैयाँ बढीको क्षति भएको पोखरा स्टेशनका प्रमुख प्रदीप पौडेलले जानकारी दिए ।

टावर ढल्दा प्रसारण रोकिएको र शनिबारसम्म मर्मतपछि संचालनमा ल्याउने तयारी भएको उनले बताए । बिहीबार दिउँसो करिब ४ बजेतिर आएको हावाहुरीले पोखराका विभिन्न ठाउँमा कतिपयका घरका छाना उडाएको छ भने तरकारी बाली र फलफूलमा समेत क्षति पुगेको छ ।