चुनावका कारण कक्षा ११ को परीक्षा असारमा

काठमाडौं २० फागुन /स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका पछि सारेको छ । राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी निर्देशक डिल्लीराम रिमालका अनुसार अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म हुनेछ ।

यसअघि वैशाख २४ देखि ११ कक्षाको परिक्षा हुने भनिएको थियो । कक्षा १२ को परीक्षा तालिका भने चुनावका कारण प्रभावित नहुने रिमालले बताए । उनले भने कक्षा १२ को परीक्षा पूर्व निर्धारित मितिभित्रै सकिन्छ । कक्षा १२ को परीक्षा वैशाख १० देखि २२ सम्म तय भएको छ । सरकारले स्थानीय चुनावको मिति वैशाख ३१ गते तोकेको छ ।

कमेन्टहरु
Loading...