केरुङ्ग–लुम्बिनी रेलवे निर्माणमा एशियाली बैंक लगानी गर्न सकारात्मक

काठमाडौं, १९ फागुन /केरुङ्ग–काठमाण्डौ–पोखरा–लुम्बीनी रेल मार्गमा लगानी गर्न एशियाली पूर्वाधार लगानी बैंक सकरात्मक देखिएको छ । बिहीबार अर्थमन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राख्नुभएको रेलमार्गमा लगानी सम्बन्धी प्रस्तावमा बैंकका अध्यक्ष जिन लिक्वुनले सकरात्मक जवाफ दिए ।

नलसिंहगाढ, तामाकोशी र तमोर जलविद्युत, केरुङ्ग–काठमाण्डौ–पोखरा–लुम्बीनी रेल मार्ग, लुम्बिनी–दाङ–रारा–तिब्बत र पोखरा बेनी जोमसोम–कोरला सडक मार्ग तथा टोखा–छहरे सुरुङ्ग मार्गमा उपप्रधानमन्त्री महराले लगानीका लागि प्रस्ताव गरे । त्यसमा केरुङ्ग–काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग पहिलो प्राथमिकतामा रहेको उप्रधानमन्त्री महराले वताएपछि, लिक्वुनले त्यसमा अन्य निर्माण कम्पनीसँग साझेदारी गरेर समेत लगानी गर्न आफ्नो बैंक तयार रहेको जबाफ दिए ।

उपप्रधानमन्त्री महराले ठुला आयोजनाहरुको प्रस्ताव पेश गर्न भौतिक तथा उर्जा लगायतका ठुला मन्त्रालयका सचिवहरुलाइ निर्देशन दिएको र विषयगत मन्त्रीहरुसँग समेत कुराकानी गरीसकेको जानकारी दिँदै उपप्रधानमन्त्री महराले बैंकमा प्रस्ताव गरिएको पोखरा–बेनी–जोमसोम–कोरला र टोखा छहरे सुरुङ मार्गको प्रस्ताव पेश गरिएकाले त्यसलाइ अघि बढाउन आग्रह गरे ।

बैकका अध्यक्ष जिन लिक्वुनले नेपालबाट आउने आयोजनाहरुमा लगानी गर्न बैंक सधै तयार रहेको जानकारी दिँदै समयमै योजना सम्पन्न गर्नेतर्फ नेपालले ध्यान दिनुपर्ने सुझाब दिए ।

कमेन्टहरु
Loading...